

संवैधानिक परिषद् विधेयक सर्वसम्मत पारित

काठमाडौं– प्रतिनिधिसभाले संवैधानिक परिषद् विधेयक पारित गरेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले भने, ‘संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ सर्वसम्मतीले पारित भएको घोषणा गर्दछु ।’
पारित विधेयक २०७९ फागुन १२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उक्त विधेयक संसद्मा दर्ता गरेको थियो ।
विधेयकलाई २०८१ जेठ १७ मा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेको थियो ।

