२०० रुपैयाँले बढ्याे सुनको मूल्य, तोलाको कतिमा हुँदैछ काराेबार?


काठमाडौं – नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

शुक्रबार ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज ८६ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । गएको शुक्रबार १२ यस ३० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया