

काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन

काठमाडौं- सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।
विभिन्न सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

