संसद्का दुवै सदनको बैठक बस्दै, चल्ला त आजको संसद् ? 


काठमाडौं – संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।

चार दिनदेखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।

तर यसअघि विपक्षीले संसद अवरुद्ध गर्दै आएको थियो । आजको बैठक चल्न दिने वा नदिने बारेमा विपक्षी दलहरुको आधिकारिक धारणा भने आइसकेको छैन ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनसँगै राजनीतिक डिस्कोर्स परिवर्तन भएर आज संसद चल्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया