

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडाैं- प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
बुधबार दिउँसो ३ बजे बसेको दोस्रोपटकको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जबाफ दिनुपर्ने माग राख्दै विपक्षी दलका सबै सांसदहरू कुर्सीबाट उठेर विरोध जनाएका थिए ।
बिहान ११ बजे बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए ।

