प्रधानमन्त्रीको विरोधमा नारा डिस्प्ले भएपछि प्राधिकरणका वितरण केन्द्र प्रमुखमाथि आक्रमण


चितवन- नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्षभित्रै आक्रमण भएको भन्दै कर्मचारीहरुले बिरोधमा विज्ञप्ति जारी गरेका छन् ।

नेकपा एमाले निकट युवा संघ तथा विद्यार्थी संगठन चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएको आरोप केही कर्मचारीले लगाएका छन् ।

आक्रमणबाट कम्प्युटर, टेबललगायतका सामान फुटेका छन् । १३/१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको कर्मचारीको भनाइ छ । कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निन्दा समेत गरेका छन् ।

 

 

प्रतिक्रिया