

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरुद्धमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।
अनेरास्ववियूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्लादहन गर्दै मंगलबार बिहान काठमाडौंको प्रदर्शनाीमार्गमा प्रदर्शन गरेको हो।
कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको विषयमा सत्तारुढ दलका नेतादेखि प्रतिपक्षी दललगायत आम सर्वसाधारणले अहिले विभिन्न माध्यमबाट विरोध जनाइरहेका छन्।

