कुलमान हटाउनु कुशासनको निरन्तरताको अर्को कडीः डा. कोइराला


काठमाडौं – कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने कार्यको कांग्रेसले स्वामित्व लिन नहुने बताएका छन् ।

सरकारले सोमबारको मन्त्रीपरिषद् बैठकबाट घिसिङलाई हटाएपछि डा. कोइरालाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, सरकारको कुशासनको निरन्तरताको अर्को कडीः

कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित वुद्धि ।

 

प्रतिक्रिया