

चन्द्रागिरीमा हाइस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको ठेगाना खुलिसकेको छैन ।
दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

