

सुनकोशीमा टिपर खस्दा चालक घाइते

काठमाडौं – काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ ।
गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए ।
गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ ।
दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।

