

१५ वर्षीय केटासँगकाे सम्बन्धपछि बच्चा भएको खुलासा भएपछि…

रेक्याभिक – आइसल्याण्डकी बालबालिका तथा शिक्षा मन्त्री आस्थिलदुर लोआ थोरसडोटिरले पदबाट राजीनामा दिएकी छिन् ।
तीन दशक पुरानो कुरा सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । आफू २२ वर्षकी हुँदा १५ वर्षको केटासँग आफ्नो सम्बन्ध रहेको र सो सम्बन्धबाट आफूहरूको एउटा बच्चा भएको उनले हालै स्वीकार गरेकी थिइन् ।
थोरसडोटिरले जुन केटासँग सम्बन्ध बनाएकी थिइन्, ती केटा एउटा चर्च समूहसँग सम्बन्धित थिए । उक्त चर्चमा थोरसडोरिट सल्लाहकारको रूपमा काम गर्थिन् । रिपोर्टका अनुसार त्यतिबेला केटाको उमेर १५ वर्षको थियो । केही समयपछि केटा बच्चाको बुबा बन्यो । १६ वर्षको उमेरमा उसलाई बच्चाको जिम्मेवारी दिइयो ।
दुईबीचको सम्बन्धलाई लुकाएर राखिएको थियो । शुरुमा शुरुमा उनलाई आफ्नो बच्चालाई भेट्न अनुमति दिइएको थियो ।
तर बच्चा केही ठूलो भएपछि उनलाई भेट्नबाट रोक लगाइयो । १८ वर्षसम्म बच्चाको पालनपोषणको खर्च भने थोरसडोटिरले बच्चाको पितालाई बेहोर्न बाध्य बनाएको बताइएको छ । आइसल्याण्डमा सहमतिमा यौन सम्पर्कका लागि १५ वर्षलाई कानुनी उमेर मानिन्छ । तर नाबालिगको अभिभावकत्व वा सल्लाहकारको पदमा रहेको वयस्कले यस्तो गरेको खण्डमा यसलाई अपराध मानिन्छ । यस्तोमा चर्चसँगको सम्बन्धका कारण यो मामिला झनै जटिल बनेको छ ।
उनले बिहीबार अचानक आफ्नो पदबाट राजीनामा दिइन् । यद्यपि उनी सांसद रहिरहनेछिन् ।

