

नेपाली काँग्रेस मण्डनदेउपुर-१२ काभ्रेको १०० दिने अभियान

काभ्रे – नेपाली काँग्रेसको केन्द्रीय कार्यालयद्वारा निर्देशित सबै स्थानीय तह, क्षेत्र, जिल्ला र प्रदेशको सम्मेलन सम्पन्नको अन्तिम चरणमा पुगेको छ। यसै क्रममा काभ्रे जिल्लाको मण्डनदेउपुर-१२ को वडा सम्मेलन चैत्र-९ गते कुमाचौरमा एक भव्य समारोहका बिच सम्पन्न भयो।
नेपाली काँग्रेसको केन्द्रीय सदस्य शिव हुमगाई को प्रमुख आतिथ्यतामा सम्पन्न भयको उक्त कार्यक्रममा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा, काभ्रे जिल्ला उपसभापति ठाकुर न्यौपाने, बरिष्ठ नेता अच्युत पौड्याल, प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेल, जिल्ला सदस्यहरू रामहरि सापकोटा, गोविन्द पराजुली, प्रदेश २ ख का सचिव नेत्र दाहाल, नेपाल महिला संघ का केन्द्रीय सदस्य लिला नेपाल, किसान संघ का केन्द्रीय सदस्य दिपक पौड्याल, तरूण दलका केन्द्रीय सदस्य द्वय दिल लामा, बेल लामा, तरूण उपसभापति गणेश पराजुली, मण्डनदेउपुर का वडा सभापतिहरू, युवा नेताहरू मछिन्द्र कुमार लामा, राजन कार्कि लगायतको उपस्थितीमा स्थानीय नेता तथा कार्यकर्ताहरू गरि करिब ४०० जनाको उपस्थिती थियो।
सम्मेलनमा वक्ताहरूले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो अन्य विकल्प नरहेको बिषयमा भन्ने बिषयमा जोड दिएका थिए।
नेपाल तरुण दल मण्डनदेउपुर १२ का सभापति सुनिल लामा बैदेशिक रोजगारीको शिलसिलामा जापान जानु भई रिक्त पदमा १०० दिने अभियान मा केन्द्रीय कार्यालयको परिपत्र अनुसार तरूण दल गठन गरिएको थियो।
उदेश पराजुलिको सभापतित्वमा गठन समितिमा उपसभापतिमा निराजन ठकुरि, सचिवमा अविनाश लामा, कोषाध्यक्षमा सुन्दर पराजुली, सदस्यमा सुजन पराजुली र प्रेम लामा सहित पुराना सदस्यहरूलाई निरन्तरता दिदै समितिलाई पुर्णता दिईएको थियो।

