

प्रेस चौतारीको दशौं महाधिवेशन आजबाट

विराटनगर – प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ ।
केन्द्रीय महाधिवेशनको आइतबार बिहान ११ः०० बजे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
आजबाट सुरू हुने महाधिवेसनका संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइ पुगिसकेका छन । माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेसन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेसन स्थलमा आइसक्ने जनाइएको छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।
अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोवाट र प्रतिनिधिलाई भने आज र भोलीका लागि आवासको व्यवस्था गरिएको छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।
चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म नै पाण्डे र राइ बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ। संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।

