‘कांग्रेसलाई सरोकारी पार्टी बनाउन शेखर दाइले अग्रता लिनुपर्छ’


काठमाडौं-  नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले केही व्यक्तिहरूले पार्टीलाई आफ्ना स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा घिमिरेले पार्टीलाई समाजको हितमा काम गर्ने पार्टी बनाउनेमा नेता डा. शेखर कोइरालाले अग्रता लिनुपर्ने बताएका छन् । उनले भने, “पार्टीलाई सीमित व्यक्तिहरूको स्वार्थ पूरा गर्ने साधन बनाउने चाहनेहरूको हिसाब बिग्रिन सक्दछ । हाम्रो त बिग्रिसकेको छ, अब अरुको पनि बिग्रिने छ । शेखर दाइले यो पार्टीलाई सरोकारी पार्टी बनाउन अग्रता लिनुपर्छ । यहाँ मीनेन्द्र र एनपी दाइ हुनुहुन्छ । गोविन्द दाइ पनि आउनुभएको छ ।”

घिमिरेले गणतन्त्र स्थापनापछि जनताले अपेक्षाअनुसार काम नगरेको र त्यसका कारण राजावादी शक्तिहरूले असन्तुष्ट जनमतमा हस्तक्षेप गर्न खोजेको बताए ।

प्रतिक्रिया