नेपालका नेताहरू योगी आदित्यनाथलाई भेट्न पुगेपछि…


काठमाडौं-  काठमाडौंमा आयोजित राजावादी प्रदर्शनका क्रममा भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चर्चामा आए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा प्रदर्शन गर्दै योगीका तस्बिर बोकेर प्रदीपविक्रम राणा सहभागी भए ।

यो तस्बिर भाइरल भएपछि प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रश्न उठाए, “यो आन्दोलन कसको निर्देशनमा भइरहेको हो ?”

यसपछि लखनऊमा योगी आदित्यनाथसँग भेट गर्न नेपालका विभिन्न नेताहरू पुग्न थालेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीप्रसाद चौधरी, कांग्रेस नेता अभिषेक साह लगायतका नेताहरू योगीलाई भेट्न लखनऊ पुगेका हुन् ।

मधेश प्रदेश सरकारको ‘घुमौँ मधेश’ कार्यक्रमका संयोजक विकासकुमार ठाकुर योगीसँगकाे भेटमा मुख्य भूमिका खेलेका छन् । उनलाई हिन्दुवादी र योगीनिकटका रूपमा चिनिन्छ ।

नेपालमा हिन्दु राज्य र राजावादी आन्दोलनले गणतन्त्रवादी र मधेश केन्द्रित नेताहरूलाई चुनौती दिएको छ । यस विषयमा योगी र नेताहरू बीच भएको कुराकानी अझै सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया