

झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना घाइते

झापा- झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । बिरामी बोकेर बिराटनगरतर्फ जाँद गरेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दमकको मुख्य चोक नजिकै दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार गएराति भएको दुर्घटनामा चालक ३५ वर्षका कमल अधिकारीसहित अर्जुनधारा नगरपालिका १० का २० वर्षीय विशाल लिम्बू, २३ वर्षीया वर्षा लिम्बू,१९ वर्षीया आरजु राई, ५१ वर्षीया मिना लिम्बू, २१ वर्षीय अन्जेश लिम्बू गम्भीर घाइते भएका हुन् ।

