क्यानडाको लाइब्रेरीमा अन्धाधुन्ध चक्कु आक्रमण, १ को मृत्युु, ५ घाईते


क्यानडा – क्यानडाको भान्कुभर सहरस्थित एक सार्वजनिक लाइब्रेरीमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको छ । उक्त आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

यो घटना दिउँसो भएकाले प्रहरीले सबै प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । केही मानिसले यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

प्रहरीले यो आक्रमणमा अहिलेसम्म एकजनामात्र संलग्न रहेको पाइएको बताएको छ । पीडितको बारेका अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया