

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक बोलायो

काठमाडाैं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कांग्रेसले पार्टी केन्द्रीय कार्यालय, सानेपामा आइतबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदिप पराजुलीले बुधबार विज्ञप्ति जारी केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् ।
बैठकमा पार्टीको १५औँ महाधिवेशन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

