स्ववियु निर्वाचनमा फर्जी मतदाता: राजविराजमा एकजना पक्राउ


सप्तरी – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अर्काको नाममा मत खसाउन पुगेका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार अर्काको नाममा मतदान गर्न आएका शिवकान्त मण्डललाई नियन्त्रणमा लिइएको हो ।

मंगलबार सप्तरीसहित देशका विभिन्न जिल्लामा स्ववियु निर्वाचन भएको छ ।

प्रतिक्रिया