

युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई स्वदेश पठाउन परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युक्रेनी सेनाको नियन्त्रणमा रहेका साता नेपालीलाई स्वदेश फर्काउन युक्रेनी समकक्षीसँग आग्रह गरेकी छिन् । भारतको नयाँ दिल्लीमा आयोजित रायसिना संवादमा युक्रेनी समकक्षी एन्द्री सिबिहासँग उनले यस्तो आग्रह गरेकी हुन् ।
आफ्ना नागरिक रूसी सेनामा भर्तीको नीति नेपालको नरहेको भन्दै मानव तस्करमार्फत नेपाली रूसी सेनामा भर्ती भएको उनले जानकारी गराएकी थिइन् । युक्रेनी सेनाको कब्जामा सात नेपाली रहेको भन्दै उनले रिहाइको लागि आग्रह गरेकी हुन् । युक्रेनी विदेशमन्त्रीले कानुनी प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएका त्यसमा सहयोगका लागि युक्रेनसँग आग्रह गरेकी छिन् ।

