एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार बाहिरियो


जनकपुरधाम – मधेस प्रदेश सरकार एसइई परीक्षा प्रक्रियाबाट बाहिरिएको छ। बिहीबारदेखि सुरु हुन लागेको परीक्षाका लागि प्रदेश सरकारले दिएको निर्देशन नमानेको भन्दै सरकार प्रक्रियाबाट अलग भएको हो।

मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलनमार्फत प्रदेश सरकार परीक्षासँग सम्बन्धित सम्पूर्ण प्रक्रिया परित्याग गरेको घोषणा गरेका छन्।

प्रदेश सरकारले परीक्षा केन्द्रका अध्यक्षहरूलाई गोला प्रथाबाट छनोट गर्न निर्देशन दिएको थियो। तर, शिक्षा समन्वय इकाइ र अन्य शैक्षिक संस्थाहरूले उक्त निर्देशनको पालना नगरेपछि सरकार परीक्षाको प्रक्रियाबाट अलग हुने निर्णयमा पुगेको हो।

प्रतिक्रिया