

इजरायलले गर्यो गाजामा हमला, ३४ जनाको मृत्यु

काठमाडौँ- इजरायली सेनाले गाजा पट्टीमा व्यापक आक्रमण गरिरहेको छ। गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ३४ प्यालेस्टिनी मारिएको बताइएको छ ।
सो आक्रमणमा कम्तीमा ७० जनाभन्दा बढी घाइते भएका छन् । इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादीलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा भएकाे हवाई आक्रमणको यो सबैभन्दा ठुलो हो ।

