

होलीमा नियम उलंघन गर्ने ७ सय बढी सवारी चालक कारवाहीमा, ३ सय होल्ड

काठमाडौं – होलीमा ट्राफिक नियम उलंघन गर्ने सात सय बढी सवारी चालक कारबाहीमा परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा ट्राफिक नियम उलंघन गर्ने सात सय बढी सवारी चालकलाई कारवाही गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार अहिलेसम्म सात सय बढी सवारी चालकलाई कारवाही र तीन सय बढी सवारी साधनलाई होल्डमा राखिएको छ ।
होली मनाउने नाममा मापसे गरेर सवारी साधन चलाइरहेका ३० जनालाई कारवाही गरिएको अधिकारीले बताए । ट्राफिक प्रहरीले चोकचोकमा बसेर चेकजाँ गरेको हो ।

