‘सेटिङमा रहेका सभामुख सापकोटा’लाई प्रधानमन्त्री ओलीले बालुवाटारमा भेट्नुको कारण


काठमाडौं– ५ पुसयता प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच राम्रो बोलचाल पनि थिएन। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरे पनि ओली सभामुखको आलोचनामा व्यस्त थिए।

विभिन्न सभा र सम्मेलनमा उनका बयानबाजीका क्रममा सभामुख सापकोटाले किर्ते गरेको, मुद्दा मामिला गरेको, सरकारविरुद्ध लागेको भन्ने तथ्य उल्लेख हुने गरेको थियो। शनिबार मात्रै पनि एउटा न्युज पोर्टललाई दिएको अन्तरवार्तामा ओलीले भनेका थिए,‘सभामुख सेटिङमा छन्।’

अन्तरवार्ता दिएको भोलीपल्टै सभामुखलाई सरकारी निवास बालुवाटारमा निम्तो दिएर प्रधानमन्त्री ओलीले कस्ता कुराकानी गरे? स्रोत भन्छ,‘प्रतिनिधि सभामा बिजनेशको अभाव भएको भन्ने गुनासो थियो तर सरकारले पर्याप्त विधयेकहरू लगेको छ। तिनलाई बिजनेश किन नबनाएको भनेर प्रधानमन्त्रीले सोध्नुभयो।’

सभामुख पद निष्पक्ष र सरकारले पठाएका विधयेकलाई प्रस्तुत गर्नुपर्ने भएको सम्झाउँदै ओलीले सापकोटालाई थप बिजनेश भन्दा पनि सरकारले पठाएका विषयमा केन्द्रित हुनका लागि भनेको स्रोतको दाबी छ।

उनले बजेट अधिवेशन सुरु गर्ने बेला भइसकेका कारण ति बिजनेश टेबुल नभए प्रतिनिधि सभाको बैठक स्थगित गर्ने सभामुखलाई जानकारी गराएको बताइन्छ। सभामुख सापकोटाले भेट्नका लागि समय माग गरेको भन्ने चर्चाबीच ओलीले उनलाई बालुवाटार बोलाएका थिए। तर हालै दिएको एउटा अन्तरवार्तामा भने सभामुखले आफूसँग भेट्नका लागि समय नमागेको, माग्दा भेट गर्ने ओलीले बताएका थिए।

प्रतिक्रिया