आज राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक, यस्ता छन् छलफलका एजेन्डा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दैछ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न बैठक बस्न लागेको हो ।

समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्‍याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको बताइएको छ ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने छ ।

 

प्रतिक्रिया