प्रधानमन्त्री ओली–सभामुख सापकोटा संवादहिनता तोडियो, बालुवाटारमा के भयो कुराकानी? 


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटाबीच आइतबार भेटवार्ता भएको छ।

लामो समयदेखि संवादहिनतामा रहेका प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच प्रतिनिधि सभालाई बिजनेश दिने विषयमा कुराकानी भएको बताइएको छ।

सदनमा विजनेश नभएका कारण बैठक सरकारात्मक रुपमा अगाडि बढ्न नसकेको भन्दै सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसँग भेटवार्ताको समय माग गरेका थिए।

प्रतिनिधि सभाको हिउँदे अधिवेशन स्थगन गरी वैशाखमा नयाँ अधिवेशन बोलाउने तयारीमा सरकार रहेको छ। ‘अहिले केही बिजनेश दिने र चाँडै अधिवेशन अन्त्य गरी वैशाखमा बजेट अधिवेशन सुरु गर्ने विषयमा कुराकानी भएको छ’, बालुवाटार स्रोतले भन्यो।

प्रतिनिधि सभा विघटनयता प्रधानमन्त्री र सभामुखको सम्बन्ध राम्रो थिएन। कतिपय औपचारिक कार्यक्रममा आमने सामने हुँदा पनि दुवै जना संवादहिन हुने गरेका थिए।

प्रतिक्रिया