रविको पक्षमा आन्दोलन गर्ने रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने
काठमाडौं- सहकारी संस्थाहरूको बचत रकम ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरूविरुद्ध मुद्दा चल्ने भएको छ।
उनीहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको हो ।
न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपीठ भएको निवेदन दर्ता गर्न मंगलबार आदेश दिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनता उचाल्दै न्यायिक प्रक्रियामा अवरोध गर्न खोजेको जिकिरसहित सर्वोच्चमामा अवहेलनाबारे निवेदन दिएका थिए ।
पहिले अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । उक्त निर्णयविरुद्ध उनले अर्को निवेदन सर्वोच्च दिएका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदरसहित मुद्दा अघि बढाउन आदेश दिएका हुन् ।