गैँडाकोटमा ११ करोड लगानीमा होटल सञ्चालन
काठमाडौँ – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-२ को शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे गुणस्तरको होटल सञ्चालन गर्ने लक्ष्यसहित गैँडाकोटमा रु ११ करोड लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो ।
होटल व्यवसाय र चलचित्र क्षेत्रमा समेत काम गर्दै आएका दुई युवाले होटल सञ्चालनमा ल्याएका हुन् । बाह्र वर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका राम गैरे तथा १० वर्षदेखि होटल सञ्चालन गर्दै आएका चलचित्रकर्मी धुर्व न्यौपानेको लगानीमा होटल सञ्चालनमा आएको हो । गैरेको जापानमा चार तथा नेपालमा दुईवटा होटल सञ्चालनमा छन् ।