एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा तोलामा चार हजारले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सुन बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको थियो।
हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।