अहिलेको टिमले प्रतियोगिता नजिते अर्को १० वर्ष लाग्न सक्छ : कप्तान एन्जिला


काठमाडाैं- नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताएकी छिन् । फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा बाेल्दै उनले अहिलेको आफूहरूको टिम उत्कृष्ट रहेको बताइन् ।

‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५–१० वर्ष लाग्न छ । हाम्रो टिम बण्डिङ पनि राम्रो छ ’ उनले भनिन् । सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनी रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रूपमा व्याख्या गरिन् ।

यसैगरी, बंगलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।

राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।

 

प्रतिक्रिया