विमानस्थलभित्रको डिपो अनुगमनमा पुग्यो संसदीय समिति


काठमाडौं- संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको डिपोको अनुगमन गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको नेतृत्वमा समितिले मंगलबार उक्त डिपाेकाे अनुगमन गरेको हो ।

आयल निगमको डिपोलाई स्थानान्तरण गर्ने वा नगर्ने विषयमा संसदीय समितिले अनुगमन गरेको समितिले जनाएको छ ।

नेपाल आयल निगमको डिपोलाई अर्को स्थानमा सार्ने वा नसार्ने विषयमा आगामी समितिको बैठकमा सम्बन्धित सरोकारवालालाई बोलाएर थप छलफल गरी सार्ने वा नसार्ने कार्य अगाडि बढाइने समितिले जनाएको छ ।

नेपाल आयल निगमको डिपो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बीच रहेको दुरी १५० मिटर भन्दा कम रहेको पाइएको छ ।

प्रतिक्रिया