प्रदर्शन सुरु भएको केही बेरमै बालुवाटारबाट रास्वपाका नेता-कार्यकर्ताहरू पक्राउ


काठमाडौं-  बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन प्रयास गरेकाे केही बेरमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका केही नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हाे  ।

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटार नजिकै तय भएको प्रदर्शनलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  प्रहरीले  निषेधित क्षेत्रमा प्रवेश नगर्न र गरेको खण्डमा पक्राउ गर्ने चेतावनीसहित माइकिङ गरिरहेको छ।

प्रतिक्रिया