सुक्खा पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरूद्ध


काठमाडौं – सुक्खा पहिरोले बझाङको जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो ढुंगासहितको पहिरो खसेको थियो।

साँझ पहिरो पन्छाएर सडक खुलाए पनि राति ठूला ढुंगासहितको पहिरो खसेर राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। सडक विभागको समन्वयमा पहिरो पन्छाउने प्रयास भए पनि ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको छ।

राजमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्। राजमार्गका ठाउँठाउँमा सुक्खा पहिरो खस्दा दुई सातादेखि पटकपटक अवरुद्ध भइरहेको सिंहले बताए।

प्रतिक्रिया