दर्जन प्रहरीलाई प्रधान कार्यालयको ताकेता, ७ दिनभित्र नआए जागिर चट् !


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रधान कार्यालयले एक सूचना जारी गर्दै लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नहुने १२ जना कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा स्पष्टीकरणसहित उपस्थित नभए जागिरबाट हटाउने चेतावनी दिँदै सूचना जारी गरेको छ ।

हाजिर नहुनेमा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायब निरीक्षक (सई) सम्म रहेका छन् ।

सूचनाः

प्रतिक्रिया