देशभरका कुन-कुन स्थानीय तहमा हुँदैछ उपनिर्वाचन ?


काठमाडौं – स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको विभिन्न कारणले रिक्त रहेको स्थानीय तहका विभिन्न पदका लागी यही मङ्सिर १६ गत उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ३१ जिल्लाका ३९ पदमा विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ ।

आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । मतदान मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ ।

नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था अनुरूप उपनिर्वाचन हुने भएको हो ।

आयोगले उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद पनि निर्धारित गरिसकेको छ । आयोगले वडाध्यक्षको उम्मेदवारले अधिकतम एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने जनाएको छ भने महानगरपालिका प्रमुखसम्मले ७ लाख ५० हजारको मापदण्ड सार्वजनिक गरेको छ ।

त्यस्तै आयोगले यस उपनिर्वाचनका लागि सरकारकासँग २० करोड रुपैयाँ निर्वाचन खर्चको समेत माग गरेको छ ।

आयोगले कात्तिकको २५, २६ गतेसम्म अन्तिम मतदाता नामावली तयार गर्ने गरी मतदाता नामावली अद्यावधिकको काम गर्ने समेत तयारी गरेको छ ।

निर्वाचन हुने स्थानः

प्रतिक्रिया