राजेन्द्र महतो नेतृत्वमा नयाँ पार्टी दर्ता, यी हुन् १७३ केन्द्रीय सदस्य (सूचीसहित)


काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

अध्यक्ष महतोले दिएको निवेदनमा आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई मान्यता दिएको हो ।

पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ ।

१७३ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् । महतोले अन्य पदाधिकारी भने तोकेका छैनन् । महतोले लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर नयाँ पार्टी खोलेका हुन् । उनले स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादलाई मुल नारा बनाएका छन् ।

केन्द्रीय सदस्यहरुको नामावली

 

 

 

 

 

प्रतिक्रिया