कांग्रेस नेता जाेशीकाे आज अन्त्यष्टी गरिने, श्रद्धाञ्जलीका लागि पार्थीव शरीर पार्टी कार्यालयमा राखिँदै


काठमाडौं – शुक्रबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि कांग्रेस पार्टी कार्यालयमा राखिने भएको छ ।

जोशीको पार्थीव शरीरलाई अन्तेष्टी गर्नुपूर्व पार्टी कार्यालयमा बिहान १० बजेदेखि १ बजेसम्म राखिने पारिवारिक स्रोतले जनाइएको छ । त्यसपछि शनिबार नै उनको अन्त्येष्टी गरिने पनि जनाइएको छ।

जोशीलाई गत फागुन १४ गते मस्तिष्कघात भई राजधानीस्थित नर्भिक अस्पतालमा उपचार गरिँदै थियो । उपचारकै क्रममा उनको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको थियो ।

त्यसअघि नेपाली कांग्रेसले आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बोलाएको छ । कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आज बिहान साढे ९ बजेका लागि बैठक बोलाएको हो ।

बैठकमा उनको निधनमा शोक प्रस्ताव पास गरिने जनाइएको छ ।

 

प्रतिक्रिया