

बीमा प्राधिकरणद्वारा एक करोड हस्तान्तरण

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज रु. एक करोड हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री ओलीलाई प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले आज सिंहदरबारमा सोको चेक हस्तान्तरण गरेका हुन् ।

