किसानको समस्या समाधान हुँदै: मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत


काठमाडौं – बर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको अब भने दीर्घकालिन रुपमा समाधान हुने भएको छ । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत गरेसँगै उक्त सम्भावना देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पेस गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका निम्ती सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन् । मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ती प्रक्रिया अगाडि बढाउन स्वीकृती प्रदान गरेको हो ।

सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनीक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया