पाेखरामा रास्वपाका नेताकार्यकर्ताले तोडे निषेधित क्षेत्र, प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौं- कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् ।
रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ । त्यस क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ।