जन्सन एण्ड जोन्सन पाउडर लगाएका व्यक्तिलाई क्यान्सर


काठमाडाैं- जोन्सन एण्ड जोन्सन कम्पनीको ट्याल्कम पाउडर लगाएपछि एक व्यक्तिलाई क्यान्सर भएको छ । अमेरिकाका ती व्यक्तिले कम्पनीविरुद्ध अदालत म्रद्दा दर्ता गरेका थिए । अदालतले जोन्सन एन्ड जोन्सनलाई १ करोड ५० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

पछिल्लो केही वर्षमा भने जोन्सन एण्ड जोन्सन कम्पनी को लोकप्रियता घटेको छ । अक्टोबर २०२४ सम्म यस कम्पनीविरुद्ध ५८ हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । धेरै जसो केसहरूमा, जोन्सनको बेबी पाउडरलाई क्यान्सर निम्त्याउने आरोप लगाइएको छ ।

जोन्सन एन्ड जोन्सन विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध औषधि कम्पनीहरूमध्ये एक मानिन्छ । यो बालबालिकाका सामग्री उत्पादन गर्ने कम्पनीको रुपमा पनि चर्चित छ । लामो समयसम्म संसारभरि लाखौं बच्चाहरूमा उस्तै बास्ना आउँथ्यो ।  कुनै समय यो पाउडर संसारभरका महिलाहरूको पहिलो रोजाइ बनेको थियो ।

हालै, अमेरिकी सहर फेयरफिल्डले जोन्सन एन्ड जोन्सन कम्पनीले कनेक्टिकटका एक व्यक्तिलाई १५ मिलियन डलर तिर्नुपर्ने को निर्णाय गरेकाे छ । उक्त कम्पनीको ट्याल्कम पाउडर प्रयोग गर्दा आफूलाई दुर्लभ क्यान्सर मेसोथेलियोमा भएको आरोप ती व्यक्तिले लगाएका छन् । अनुसन्धानमा यो आरोप सत्य भएको पाइएको छ । त्यसैगरी कम्पनीले विश्वका धेरै देशमा धेरै मुद्दामा क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

 

प्रतिक्रिया