चितवनका सीडीओ यादव तानिए, पौडेललाई पठाइयो
काठमाडौं- रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा दाहसंस्कार गरेकाे कार्य राेक्न नसकेकाे भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् ।
उनकाे ठाउँमा प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको गृह मन्त्रालय स्राेतले जनाएकाे छ ।
सो विरोधलाई प्रजिअ र एसपीले रोक्न नसकेको गृह मन्त्रालयमा चर्चा छ ।