वेथानचोक गाउँपालिकाका लेखा अधिकृतद्वारा काममा आलटाल

आ ब ८०/८१ मा उपभोक्ता समितीहरूको काटियो ४ करोड


काभ्रे – वेथानचोक गाउँपालिकाका लेखा अधिकृत बिदुर गिरीले आर्थिक ऐन र सार्वजनिक खरिद ऐनको अपव्याख्या गर्दै स्थानीय सेवाग्राहीहरूलाई दुःख दिँदै आईरहेको स्थानीयको गुनासो छ।

वेथानचोक गाउँपालिका र वडाबाट उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको योजनाको प्राविधिक मुल्याङ्कन ठिक रहेता पनि विल भर्पाई नमिलेको भन्दै सबैजसो उपभोक्ता समितीको रकम काटिएको पिडितहरू बताउँछन्।

‘गाउँपालिकासँग सम्झौता गरेपछि योजना सम्पन्न गर्न सहकारीबाट कर्जा लिई योजना सम्पन्न गरेका छौं। प्राविधिकहरूको स्टिमेट अनुसार काम गरेका छौं तर भुक्तानी भने रकम काटेर गर्छन्। कति काटियो किन काटियो उपभोक्ता समितीलाई थाहा नै हुँदैन। प्राविधिकबाट पास भइसकेपछि लेखा शाखाबाट यो मिलेन त्यो मिलेन भन्दै रकम काटि सम्बन्धित उपभोक्ता समितीलाई जानकारी नगराई समितीको बैंक खातामा रकम जम्मा गर्छन्। बैंक पुगेपछि मात्र थाहा भयो हाम्रो रकम काटेको भन्छन्,’ च्योमतान्ते साङ्गे गुम्बा निर्माण उपभोक्ता समितीका अध्यक्ष भिम बहादुर तामाङ।

त्यस्तै स्थानीय मछिन्द्र कुमार लामा भन्छन्, ‘वडास्तरिय बजेटबाट सडक मर्मत सम्भारको रू २ लाखको ढुङ्ढुङ्गे मुल्डाँडा उपभोक्ता समितीको पनि यस्तै गुनासो छ। कुल रू २७००००।- केमिकल गर्यौं। प्राविधिकले भने बमोजिम बिल भर्पाई बुझायौं। खातामा रू २०००।- कम जम्मा गरेछन् ।’

यस्तै-यस्तै थुप्रै उपभोक्ता समितीको गत आबमा बिल भर्पाई पुरा भएपनि आर्थिक ऐन र सार्वजनिक खरिद ऐन देखाउदैन उपभोक्ता समितीको करिब ४ करोड रकम काटिएको छ भने सहकारी बाट कर्जा लिई योजना सम्पन्न गर्नेहरूको कर्जा भुक्तानी गर्न नसकि सम्पती लिलाम हुने अबस्थामा छ।

यस बिषयमा स्थानीय नागरिक समाजका प्रतिनिधि मछिन्द्र कुमार लामाले बुझ्दा कागजात बाढि पहिरोमा परेकोले भन्न नसकिने बताउँछन् लेखा अधिकृत गिरी। स्थानीय जनताहरू मात्र हैन जननिर्वाचित जनप्रतिनिधिहरू पनि गिरीको कार्यशैलीबाट पिडित भएको बताउँछन्। जनप्रतिनिधिहरूले लाखौंको भुक्तानी रोकिएको जनाउँदै जग्गा बेचेर तिर्नुपर्ने अवस्था देखिएको बताउँछन् ।

स्थानीय खरिद ऐन विपरित कम्पुटर, प्रिन्टर, फोटोकपि, स्टेशनरीसहित लाखौंको सामाग्रिहरू बिना टेन्डर कोटेशनको आधारमा खरिद गरिएको बिषयमा भने मौन छन्। त्यस बिषयमा जानकारी लिन खोज्दा बाढि पहिरोको कारण कागजपत्र नभयको बताएपनि नाम नबताउने शर्तमा हालसम्म कम्पुटर, फोटोकपि, प्रिन्टर लगाएतको सामाग्रि खरिदको लागि टेन्डर नै नभएको बताउँछन् एक कर्मचारी। बिगत ५ बर्षदेखि कार्यरत लेखा अधिकृतले थुप्रै दातृनिकायको प्रतिनिधिलाई पनि काम गर्ने बातावरण नदिएका कारण धेरै वेथानचोकबाट बाहिरिएका छन्। यिनको मनोमानीका अगाडि गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत किन निरिह देखिएपछि स्थानीयहरूले अचम्मित भएको जनाएका छन् ।

प्रतिक्रिया