

सितापाइलामा विद्युतीय कारमा लागेकाे आगलागीबारे के भन्छ कम्पनी ?

काठमाडाैं- साेमबार बिहान काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएकाे विद्युतीय कारमा आगलागी भएको थियाे । सितापाइल स्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङ गरेर राखिएकाे बा प्र ०२ ०२९ च ५९५० नम्बरको सेरेसको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गाडीमा प्राविधिक खराबीको कारण धुवाँ निस्किएको कम्पनीले जनाएको हो । कम्पनीका अनुसार नियमित देखिने प्राविधिक समस्या समाधानका लागि सर्भिस सेन्टरमा लैजाँदै गर्दा सर्किटका कारण धुवाँ निस्किएको हो ।
उक्त गाडी अनधिकृत सेवा केन्द्रमार्फत मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको कम्पनीको दाबी छ ।
कम्पनीको प्रारम्भिक अनुसन्धानअनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति भएको छैन । थप अनुसन्धान भइरहेको छ ।

