रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध चर्को नाराबाजी
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध चर्को नाराबाजी भएको छ ।
सभापति रवि लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध चर्को नाराबाजी गरेका हुन् ।
कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए । संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन समेत गरेका थिए ।