प्रकाशित समाचारप्रति एग्रीवस्तु कोल्ड स्टोरेजको खण्डन


काठमाडौं – एग्रीवस्तु कोल्ड स्टोरेज कम्पनीले यस न्यूजपोर्टलमा प्रकाशित समाचारको खण्डन गरेको छ । यस कागजपत्रडटकम मा मिति २०८१ असोज २३ गते प्रकाशित ‘भारतीय पूर्वराजदूत उपाध्यायका छोराको कोल्ड स्टोरेजमा कालोधन्दा !’ शीर्षकको समाचारप्रति कम्पनीले खण्डन गरेको हो ।

उक्त समाचारमा भनिए जस्तो सत्यता नभएको भन्दै कम्पनीले सरकारको कानुन अनुसार नै व्यवसाय सञ्चालन गरिरहेको जनकारी गराउँदै समाचारमा भनिए जस्तो भारत सरकारले प्रतिबन्ध लगाएपछि अहिलेसम्म प्याजको आयात र बिक्री नगरिएको समेत जनाएको छ ।

उक्त समाचार प्रकाशनको क्रममा कम्पनीलाई परेको असुविधाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित व्यक्तिको मान मर्दनमा कुनै फरक नपरोस् भन्ने अपेक्षा गर्दछौं ।

प्रतिक्रिया