बुद्ध एयरको जहाजमा समस्या, विमानस्थलमा आकस्मिक अवतरण


काठमाडौं – बुद्ध एयरको  माउन्टेन फ्लाइटका लागि उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको उनको भनाइ छ । बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गराएको उनले जानकारी दिए ।

हाल बुद्ध एयरको प्राविधिक समूहले हेरिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए ।

 

प्रतिक्रिया