लेबनानमा रहेका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना
काठमाडौँ – लेबनानमा रहेका आठ सय ७७ नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको सैनिक प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।
शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको प्रवक्ता केसीले प्रशासनलाई बताए । “शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, तर त्यहाँ रहेका नेपाली सैनिक भने सुरक्षित छन्, सैनिक प्रवक्ता केसीले भने यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ।”
यस्तै प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने पनि बताए ।