जनतामा आशाको सन्देश छर्न कार्यकर्तालाई एमालेको निर्देशन
काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई आशाको सन्देश प्रवाह गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । जनताले नयाँ कुरा अपेक्षा राख्नु स्वाभाविक भएको भन्दै सरकारले अघि सारेका नयाँ कुरा जनतामा पुर्याउन उनले आग्रह गरेका छन् ।
गृह वडामा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले विकासमा राजनीतिक सहमति आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले केपी शर्मा ओली नेतृत्व सरकारले विकासका माध्यमबाट जनताको जीवनस्तर उकास्ने, बदल्ने, पशुपालन, खेतीपातीमा नयाँपन, पूर्वाधार निर्माण, रोजगार बढाउन सिर्जना गर्ने काम अघि बढाएको बताए ।
फरक प्रसंगमा घोराही तुलसीपुर सडक खण्डमा रहेका खोलामा फोरलेनकै पुल निर्माण सुरु भएको र पोरलेन सडकको पुन ठेक्का प्रक्रिया अघि बढेको बताए ।