उत्तम साइतसँगै दसैँको टीका लगाउन सुरु


काठमाडौँ-  बडादसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटलाई रहेको जनाएको छ । साइत हेरेर मान्यजनको हातबाट टीका र जमरा लगाउँदै दसैँ सुरु् भएको हो ।

आज टीका लगाउँदा टिका लगाइदिने व्यक्ति पश्चिम र टीका थाप्ने व्यक्ति पूर्व फर्कनुपर्ने छ । दशमीको दिन देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दसैँमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ ।

प्रतिक्रिया